• शुक्रबार, साउन ८ २०८३

गोरखामा कृषि र भेटेनरीले गरे यो बर्षको योजना सार्वजनिक (कुन शिर्षकमा कति बजेट)


बुधबार, साउन १७ २०८०
1.5K
Shares

सुदिप श्रेष्ठ 

गोरखा । कृषि ज्ञान केन्द्र गोरखा तथा भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्ष सञ्चालन गरिने कार्यक्रम र बजेटको सार्वजनिकरण गरेका छन् ।

गण्डकी प्रदेश मातहातका ती कार्यालयहरुले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गर्ने योजना र बजेट सार्वजानिक गरेका हुन् । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको लागि ८ करोड ४९ लाख ३६ हजार रकम प्राप्त भएको जनाएको छ ।

जसमा समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रर्बदन आयोजनामा ३ करोड ५० लाख, फलफुल बाली विकास आयोजना तर्फ ७९ लाख ९ हजार, आलु तथा तरकारी बाली प्रवद्र्धन आयोजनामा ५२ लाख ५ हजार, कृषि व्यावसाय प्रवद्र्धनको लागि अनुदानमुलक कार्यक्रमहरुमा ४३ लाख ५ हजार, बेमौसमी तरकारी खेती प्रर्वद्धन आयोजनामा ४२ लाख, खाद्यान्नबाली प्रवद्र्धन आयोजनामा ३८ लाख, बिउ उत्पादन प्रर्वद्धन आयोजनामा ३० लाख बजेट प्राप्त भएको कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

यसैगरी प्रविधि प्रवद्र्धन तथा सेवा सम्बन्धि कार्यक्रमहरुमा २७ लाख ५५ हजार, पोषण सुरक्षा कार्यक्रममा २५ लाख लगायत कुल १२ योजनाको लागि ८ करोड ४३ लाख ८६ हजार रुपैयाँ खर्च हुनेछ ।

भेटेनरी अस्पताल तथा पशु बिज्ञ सेवा केन्द्र गोरखामा चालु आर्थिक वर्ष बिभिन्न कार्यक्रमका लागि कुल ४ करोड २९ लाख ८० हजार प्राप्त भएको छ । जसमा पुजिगत कार्यक्रमको लागि १० लाख ५० हजार, चालु प्रशासनिक तर्फ १ करोड ४ लाख ७२ हजार र कार्यक्रम खर्च ३ करोड १४ लाख ५८ हजार रहेको पशु बिज्ञ केन्द्रक गोरखाकी प्रमुख डा.सर्मिला कुमालले बताइन् ।

पशु आहार प्रर्वद्धन केन्द्र, क्षमता अभिबृद्धि केन्द्र, पशु स्वास्थ्य कार्यक्रम, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रर्वद्धन कार्यक्रम, एकिकृत स्वास्थ्य कार्यक्रम गरि ५ वटा कार्यक्रमको लागि ३ करोड १४ लाख ५८ हजार छुट्टाइएको उनले बताइन् ।

बाख्रा, भैसी गाई, कुखुरा, बुंगुर, मााछा भेडा चौरी जिल्लाको मुख्य पशुपालक क्षेत्र रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० मा ४ करोड ६३ लाख ६ हजार रकम प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । जसको ९४.३७ प्रतिशत भौतिक र ७८.३३ बित्तिय प्रगति भएको उनले बताए ।

चालु तर्फ ४ करोड ४७ लाख ९ हजार प्राप्त भएकोमा ९४.३ प्रतिशत भौतिक र ७९.०६ प्रतिशत बित्तिय प्रगति भएको छ । पुँजिगत तर्फ १० लाख रकम प्राप्त भएकोमा १०० प्रतिशत नै भौतिक र ९९.५ प्रतिशत बित्तिय प्रगति रहेको कार्यालयले जनाएको छ ।

कार्यालयबाट २६ हजार ९ सय ९४ जना मानिसहरुले लाभ लिएका छन् । तीन लाख ७३ हजार ८ सय ९३ पशुहरुलाई पूार्ण खोप, ७६१ प्रयोगशाला सेवा, ६३ हजार ९ सय ६० पशु सेपा उपचार, १ हजार ७ सय ७५ पशु कृत्तिम गर्भंधान सेवा दिएको छ ।

कृषि ज्ञान केन्द्रमा भने आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम र बजेटको लागि प्रदेश र संघ शसर्त अनुदान गरि ७ करोड ३८ लाख ४५ हजार रुपैया प्राप्त गरेको थियो । जसमा प्रदेश अनुदान तर्फका बिभिन्न कार्यक्रमको लागि ६ करोड ३९ लाख ५० हजार प्राप्त भएकोमा ७४.२१ प्रतिशत भौतिक प्रगति भएको छ भने ६८.८७ प्रतिशत बित्तिय प्रगति भएको कार्यालयले जनाएको छ ।

त्यस्तै संघ सरकारको शसर्त अनुदान तर्फको ९८ लाख ९५ हजार रुपैयाँ मध्ये ७१.९३ प्रतिशत भौतिक प्रगति र ४२.९३ प्रतिशत बित्तिय प्रगति रहेको छ । औसतमा ६५.३९ प्रतिशत भौतिक र ६९.८३ प्रतिशत वित्तिय प्रगति रहेको अधिकारीले बताए ।

सार्बजनिकरण कार्यक्रममा उपस्थिति सहभागीहरुले राज्यले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै गुनासो समेत गरेका थिए । उनीहरुले कृषि एवं पशुजन्य उत्पादनको बजारीकरण, लम्पि स्किन रोगको उपचारमा जोड दिनुपर्ने, कार्यक्रम साना किसानलाई नसमेटिएको, पहुँचवालाले अनुदान पाउने गरेको, किसानलाई मल, विउ र प्रविधिक र प्राविकिको अभाव रहेको पनि बताए ।

जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्र राज पाण्डेको प्रमख अतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, प्रदेश सांसद फणिन्द्र देबकोटा, कृषि बिकास निर्देशनालय पोखराका प्रमुख बासुदेब रेग्मी, कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रधोज जिसी, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर, उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, माओबादि केन्द्र गण्डकी प्रदेशका सदस्य धुर्ब भट्ट लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागीहरु किसान, राजनीजिक तथा सामाजिक क्षेत्रमा आवद्ध व्यक्तिहरुले पनि आफ्नो भनाई राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार