• शुक्रबार, साउन ८ २०८३

११ बुँदे घोषणापत्र जारी गर्दै सकियो न्यायिक समितिका पदाधिकारीहरुको गोरखा भेला


बुधबार, साउन १७ २०८०
1.5K
Shares

गोरखा । ११ बुँदे घोषणापत्र जारी गर्दै सकियो न्यायिक समितिका पदाधिकारीहरुको प्रथम जिल्ला भेला सकिएको छ ।

गोरखा नगरपालिका, एकीकरण नेपाल र नागरिक आवाजको संयुक्त आयोजनामा मंगलबार सदरमुकाममा जिल्लाका ११ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको भेला भएको थियो ।

भेलांले गोरखा जिल्लामा रहेका स्थानीय न्यायिक समितिको काम कारबाहीमा एकरुपता ल्याउनको कायम गन, न्यायिक समितिहरु पदाधिकारहिरुको एक आपसमा साथ सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

भेलाले ६/६ महिनामा न्यायिक समितिका पदाधिकारीहरु समिक्षा बैठक गर्ने, बार्षिक भेला प्रत्येक वर्ष गर्ने, आगामी समीक्षा बैठक गण्डकी गाउँपालिकाले गर्ने निर्णय गरेको छ । यस्तै आगामी वार्षिक भेला पालुङटार नगरपालिकाले गर्ने, न्यायिक समितिको लोगोमा एकरुपता ल्याउने, हप्तामा १ दिन अनिवार्य इजलास बस्ने, इजलास बस्दाको पोषाकमा एकरुपता कायम गर्ने, न्यायिक समितिको लेटरप्याड, छाप र फाइलमा एकरुपता कायम गर्ने र सूचनामा एकरुपता कायम गर्ने निर्णय पनि भएको छ । यस्तै निबेदन÷प्रतिउतर दस्तुरमा एकरुपता कायम गर्न पहल गर्ने जिल्ला भेलाले गरेको निर्णयमा उल्लेख छ ।

न्यायिक समितिका संयोजकहरुको भेलाले न्याय समितिको जिल्ला स्तरीय साझा मञ्च समेत गठन गरेको छ । मञ्चमा ११ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक एवं उपप्रमुखहरु सदस्य रहनेछन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरिञ्जवी शर्मा पौडेल न्याय सम्पादनका मुलभुत सिद्धान्त र कार्यगत एक रुपता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमा न्यायिक समितिका काम कर्तत्व, अधिकारका साथै, न्यायनिरुपण मा निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा छलफल समेत भएको थियो ।

गोरखा नगरपालिका उपमेयर एबम न्यायिक समितिका संयोजक  मसलीमाया थोकर (सपना पुन) को अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा जिल्ला समन्वयका प्रमुख मोहन थापा मगर, गोरखा नगरप्रमुख कृष्णराना मगर,  जिल्ला न्यायधिस तेजेन्द्रप्रसाद शर्मा, गोरखा नगरपालिकाको भगिनी नगरपालिका धादिङ्गको निलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्मा, गण्डकी प्रदेशका न्यायधिबक्ता चिरिञ्जीवि शर्मा पौड्याल, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार