• शनिबार, साउन ९ २०८३

बजेट पारित गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रको ह्विप


मंगलबार, असार १२ २०८०
1.5K
Shares

काठमाडौं ।  सरकारको नेतृत्व गरिहरको दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र सत्ता साझेदार दल तथा संसदको सबैभन्दा ठुलोे दल नेपाली कांग्रेसले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएका छन् ।

माओबादी केन्द्रको संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले मंगलबार प्रत्येक सांसदहरूलाई बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन जारी गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक द्वारा जारी ह्वीप मा बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको उल्लेख छ।

बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार