• शुक्रबार, साउन ८ २०८३

नियमित योग गर्दा स्वास्थ्यलाई मिल्ने यि हुन् १७ फाइदा !


बुधबार, असार ६ २०८०
3K
Shares

सजिलो भाषामा भन्दा मनलाई शरीर र आत्मासँग जोड्नु नै योग हो। योग भनेको साधना हो। योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ। युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो। यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माका बीच संयोग स्थापित गर्नु नै योग हो।

अङ्गप्रत्यङ्गको आसनभन्दा अघि बढेर आफ्नो चैतन्य खोज्‍न योग गरिन्छ। विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु र आत्म–साक्षात्कार गर्नु नै योग हो।

योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो । यो वैज्ञानिक र व्यवहारिक छ । त्यसैले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दो छ ।

योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन् । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ ।

योग गर्नका लागि योग केन्द्र नै धाउनुपर्छ भन्ने छैन । किनकि कतिपय डाक्टर तथा वैद्यले निको पार्न नसकेका रोगहरू योगले पनि निको पार्ने गर्छ । पैसा तिरेर थेरापी, जिम गरेर मात्र शरीर फिट अनि स्वस्थ हुन्छ भन्ने छैन।

योगले शरीरमा रक्त संचारका साथै अक्सिजनको मात्रा बढाउँछ भने रोग प्रीतरोधात्मक क्षमता बढाउने हुदा योग स्वस्थ जिवन शैलीका लागी अति आवश्यक हुन्छ । अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ।

योग गर्दा निम्न कुरामा स्वास्थमा फाइदा हुन्छ ।

– नियमित योग गर्न सकेमा योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्छ।

– योगले तनावलाई घटाउछ।

–नियमित योग गर्ने व्यक्तिलाई निद्राको समस्या हुँदैन।

– योग अभ्यासले पाचन प्रक्रियालाई सही किसिमले सुचारु गर्न सहयोग पु¥याउँछ।

– बालबालिकालाई योगअभ्यास गराउँदा उनीहरुको दिमाग तीक्ष्ण हुन्छ।

–योग अभ्यासले बालबालिका शारीरिक रुपमा पनि स्वास्थ्य रहन सक्छन्,।

– योगको नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि हुन्छ।

–योगले मानसिक शान्ति प्राप्त हुन्छ।

–प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्छ।

–ध्यानले एकाग्रता बढाउँछ।

–योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन्छ।

– शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले सकारात्मक गुणको विकास हुन्छ ।

– योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन।अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

(अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।

– योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ।

– शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ।

– शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार