काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम बिनियोजन गरिएकोप्रति स्पष्टीकरण दिएका छन्।
प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै उनले तीन जिल्लामा बिनियोजन गरिएको बजेट ठूलो नभएको दाबी गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल एक सय २३ अर्ब मात्रै बजेट विनियोजन भएकाले गोरखासहित तीन जिल्लामा छुट्ट्याएको बजेटको हिस्सा ठूलो नभएको डा महतको स्पष्टीकरण छ ।
गोरखा, नुवाकोट र डडेल्धुरामा मात्रै बजेट थुप्रिएको भन्दै गत शुक्रबारको संसद बैठकमा नेकपा एमालेमा सचिव गोकर्ण विष्टसहित सत्तारुढ दलबाटै असन्तुष्टि जनाएका थिए।
यो पनि पढ्नुहोस