‘बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भयो’

काठमाडौ । आगामी बर्षको बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले विरोध जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन्।

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे। उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए।

सचिव विष्टले भने, ‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन। तर …