• शनिबार, साउन ९ २०८३

नेपाली श्रमिकको मानव अधिकार हनन भए कतारको मानव अधिकार समितिमा उजुरी दिन सकिने


सोमबार, जेष्ठ २९ २०८०
1.2K
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ ।

बिहीवार काठमाण्डौमा राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अब नेपालबाट रोजगारीका लागि कतार पुगेका नेपालीको मानव अधिकार हनन भएको बारेमा कतारको मानव अधिकार समितिमा उजुरी दिन सकिने छ ।

सम्झौताले कतारमा काम गर्ने नेपाली कामदारको हक र अधिकार संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय मानव अधिकार आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले बताए। कतारमा भएका नेपालीले मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि उनले बताए ।

समितिले कतारमा रहेका नेपालीको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीले काम गर्ने कम्पनीहरूको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको उनको भनाइ छ ।

कामु सचिव खरेलले कतारको मानव अधिकार समितिसँग राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो पटक सम्झौता गरेको र सन् २०१५ मा पनि समितिसँग सम्झौता भइसकेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार