• शनिबार, साउन ९ २०८३

साउदी जाने कामदारको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण प्रकृया अब्यवहारिकः संघ


शुक्रबार, जेष्ठ २६ २०८०
1.1K
Shares

काठमाडौं । साउदी अरब जाने कामदारको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण प्रकृया अब्यवहारिक भएको भन्दै बैदेशिक रोजगार ब्यवसायिक संघले सरकारको ध्याकर्षण गराएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई एक पत्र बुझाउदै सो व्यवस्थाले समस्या उत्पन्न भएको जनाउँदै दूतावासको उक्त काम कारवाही रोक्न कुटनैतिक पहलमार्फत सो प्रावधान खारेज गरि पूर्ववत तरिकाबाट कामदार जान पाउने व्यवस्था गर्नका लागि आवश्यक पहलकदमी गरिदिन अनुरोध गरेका छन् ।

पत्रमा बैदेशिक रोजगारको गन्तव्य मुलुक साउदी अरबमा कामदार पठाउँदा कामदारको भिषा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरि सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा बिभागबाट प्रमाणित गरि पुनः साउदी दूतावसबाट अनिवार्य प्रमाणिकरण गर्नुपर्ने प्रावधान अव्यवहारिक, कानुन र प्रचलनविपरित लागु भएको उल्लेख छ ।

‘नेपालबाट साउदी अरबलगायत खाडीका देशहरु तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुदा अन्य मुलुकहरुमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने र सो काम उनीहरुको पुर्खौली पेशा पनि भएको हुदा काम गर्न सीप र क्षमता भएको तर आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुने कारणले गर्दा रोजगारीबाट बञ्चित हुन जाने तवरबाट भएको दूतावासको उक्त काम कारवाही रोक्न कुटनैतिक पहलमार्फत सो प्रावधान खारेज गरि पूर्ववत तरिकाबाट कामदार जान पाउने व्यवस्था गर्नका लागि आवश्यक पहलकदमी गरिदिन अनुरोध छ’, संघको पत्रमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार