• शनिबार, साउन ९ २०८३

नेपाली श्रमिकलाई १ सय ७९ देशमा रोजगारी गर्न पठाउने सरकारको तयारी


सोमबार, जेष्ठ २२ २०८०
1.5K
Shares

काठमाडौँ । नेपाली श्रमिकलाई १ सय ७९ देशमा रोजगारी गर्न पठाउने सरकारले तयारी थालेको छ ।

हाल नेपालबाट १ सय ८ देशमा रोजगारी गर्न जान पाइने भएपनि अब ७१ देशका लागि समेत रोजगारी खुल्ला गर्दै श्रम बजारलाई विस्तार गर्ने योजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको छ ।

आइतबार श्रम मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी गराइएको हो ।

दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरिएको श्रम मन्त्रालयका सचिव एक नरायण अर्यालले बताए ।

योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।

नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापित भएका सबै देशमा सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन तर कसैले माग ल्याएमा श्रम स्वीकृति दिन नरोक्ने सरकारी तयारी छ ।

श्रम मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य भइरहेको बताएको छ ।

सोही सम्मेलनमा श्रम मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने योजना सचिव अर्यालले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार