• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीका सवालमा दुई दिने क्षमता विकास तालिम


शनिबार, जेष्ठ २० २०८०
1.6K
Shares

गोरखा । गोरखामा जिल्ला स्तरिय आप्रवासी कामदार संरक्षण संजाललाई वैदेशिक रोजगारीका सवालमा क्षमता विकास तालिम दिइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन भएका पालिकाहरु गोरखा र पालुङटार नगरपालिका, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिका प्रतिनिधी र जिल्ला स्तरिय आप्रवासी कामदार संरक्षण संजालका पदाधिकारीलाई सुरक्षित वैदेशिक रोजगारीका, सवाल, संस्थागत विकास तथा प्रस्तावना लेखन सम्बन्धि २ दिने क्षमता विकास तालिम भएको हो ।

तालिम समापन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानाले आप्रवासी कामदार संजालहरुको पनि संजालिकरण गर्ने र सुरक्षित बैदेशिक र आन्तरिक रोजगार सिर्जना गर्न सचेत बन्नुपर्ने बताए ।

उक्त तालिमले आप्रवासी कामदार संरक्षण संजालका पदाधिकारीहरुलाई बैदेशिक रोजगारीको क्षेत्रमा गर्नुपर्ने कामको बिषयमा प्रस्तावना पत्र तयार पार्न समेत सिकाइएको थियो ।

त्यस्तै समस्याको पहिचान गरी परिचय, समस्याको कथन र आप्रबासी कामदारको उत्थान प्रक्रियाको बारेमा प्रस्तावना तयार पारी स्थानीय तहहरुमा क्रियाकालाप संचालन गर्न स्थानीय तहलाई पेश गर्ने बिषयमा छलफल भएको आप्रवासी कामदार संरक्षण सञ्जाल गोरखाको सचिब हरिराम श्रेष्ठले बताए ।

तालिम सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत संचालन भएको हो । कार्यक्रमले बैदेशिक रोजगारीको शिलशिलामा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग र उद्दार गर्ने, सुरक्षित बैदेशिक रोजगार बारे सूचना प्रबाह गर्ने, विदेश जाने युवाहरुको लागि निशुल्क सिप तालिम संचालन गर्ने, विप्रेषणको सदुपयोग गर्ने वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाबाट अहिले पनि दैनिक करिब ७०–८० जना राहदानी बितरण भैरहेको छ । सामी कार्यक्रम कार्यान्वयन सेवा प्रदायक संस्था एकीकरण नेपालले गर्दै आएको छ ।

आप्रवासी स्रोत केन्द्रबाट जिल्लाभरीकै व्यक्तिहरुलाई परामर्श र सुचना पाउने काम भईरहेको सामी कार्यक्रम संयोजक चन्द्र देबकोटाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार