काठमाडौ । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा पार्टीले पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताएका छन् ।
काँग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा उनले यस प्रकरणमा पार्टीले अनुसन्धान र छानविनमा सहयोग गर्नुपर्ने राय ब्यक्त गरेका हुन् ।
उनले लेखेका छन् ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् ।’
त्यस्तै उनले पार्टीगत र नातावादका आधारमा अनुसन्धानलाई प्रभावित बनाउन नहुने समेत बताएका छन् । दोषीलाई कानूनी कठघरामा ल्याउनै पर्ने भएकाले गम्भिर भएर छानविन गर्न समेत उनले आग्रह गरेका छन् ।
यस्तो छ उनको पोष्ट
नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् ।
को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस् ।
जय नेपाल
र यो पनि