• शुक्रबार, साउन ८ २०८३

मिर्गौला कसरी स्वस्थ राख्ने ? थाहा पाउनुहोस् रोग लाग्ने कारण, लक्षण र बच्ने उपाय !


बिहिबार, फाल्गुन २५ २०७९
1.8K
Shares

आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाईंदै छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

हाम्रो शरीरमा दायाँ र बायाँ पट्टी एक–एक वटा गरी जम्मा दुई वटा मिर्गौला हुन्छ । मिर्गौलाको काम शरीरलाई शुद्धीकरण गर्नु हो ।

मिर्गौला फेल भनेको मिर्गौलामा कुनै रोगको कारणले मिर्गौलाले काम गर्न नसक्ने अवस्था हुनु हो । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

मिर्गौला शरीरको फिल्टर मेसिन हो । जसरी हामी पानीलाई फिल्टर गरेर पानी पिउने गर्छौं, ठिक त्यसरी नै हाम्रो मिर्गौलाले शरीरमा भएको रगतलाई फिल्टर गराएर मुुटुमा पठाउने गर्छ ।

मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान, मध्यपान नगर्न, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन उनले सुझाव दिए ।

मिर्गौला रोगका कारणहरु

मधुमेह, उच्च रक्तचाप, शारीरिक व्यायामको कमी, वंशानुगत कारण, मोटोपन, अव्यवस्थित जीवनशैली तथा खानपानका कारण रोग लाग्ने सम्भावना बढ्छ ।

कतिपय व्यक्तिमा पीडा कम गर्न आफै पेनकिलर खाने बानी हुन्छ । त्यसले गर्दा पछि गएर मिर्गाैलामा असर पुग्नसक्छ । अपर्याप्त तथा फोहोर खानेपानी, अस्वस्थकर खाद्य सामग्री, बेरोजगारी, कमजोर स्वास्थ्य तथा अस्वस्थ जीवनशैलीका कारण मिर्गौलामा समस्या देखापर्न सक्छ । जुन यस प्रकार छन् :

–वंशाणुगत

–मधुमेह

–उच्च रक्तचाप

–पिसाब सम्बन्धी समस्या

–पाठेघर खस्नु

–मिर्गौलामा पत्थरी, ट्युमर

–प्रोस्टेटको आकारमा बृद्धि

–जन्मजात पिसाब नलीमा खराबी

–रगतमा दूषित पदार्थको प्रवाह

–लामो समय पेनकिलरको प्रयोग

–शरीरमा पानीको कमी ।

मिर्गौला फेल हुँदाका लक्षण

कतिपय अवस्थामा सुरुमै यसको लक्षण देखिँदैन । पछिपछिको अवस्थामा भने बिहान उठ्दा आँखाको डिल सुन्निने, छिनछिनमा पिसाब लाग्ने एवं गोलीगाँठा सुन्निनुका साथै फिज भएको धमिलो, कोकाकोला वा चियापत्तीजस्तो पिसाब आउँछ । अन्य लक्षणलाई यसरी प्रस्तुत गर्न सकिन्छ:

–शरीर दुब्लाउँदै जाने

–शरीरका विभिन्न अङ्ग सुन्निने

–पिसाब कम हुने र पोल्ने

–पिसाबमा रगत देखिने

–क्षणक्षणमा पिसाब भइरहने

–थोरै हिँड्दा पनि थकाइ लाग्ने

–सास फेर्न गाह्रो हुने

–कोखा दुख्ने, ज्वरो आउने

–खानामा रुचि घट्ने

–पिँडौलाको मासु फर्किने

–वाकवाकी लाग्ने

–छाला सुख्खा हुने र चिलाउने

–उच्च रक्तचाप हुने

–रगतको मात्रा कम हुँदै जाने

–महिनावारी समयमा नहुने

–यौन रुचि घट्दै जाने

–प्रजनन दरमा कमी आउने

–ढाड र कम्मर दुख्ने

मिर्गौला रोगबाट बच्ने उपायहरु

कुनै पनि रोगको उपचार गर्नुभन्दा पनि पहिले रोग लाग्न नदिनु उत्तम हुन्छ । रोग लागिहाले पनि तुरुन्त उपचार गरे रोगले विकराल रूप लिन नपाई समयमै समस्या समाधान हुन्छ । मिर्गौला जोगाउन हरेक प्रकारका संक्रमणबाट जोगिनुपर्छ । यस रोगबाट जोगिन निम्न उपाय अपनाउन सकिन्छ:

–नियमित व्यायाम

–मधुमेहका बिरामीले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण

–रक्तचाप नियमित जचाउने र यदि रक्तचाप १४०/९० वा बढी भए चिकित्सकको सल्लाह लिने र सिफारिश बमोजिमका औषधी सेवन गर्ने

–धुमपान नगर्ने

–डाक्टरको सल्लाहबिना जथाभावी औषधी किनेर नखाने

–धेरै औषधी प्रयोग गर्नाले विशेष गरेर दुखाइ कम गर्ने औषधीले मिर्गौलालाई हानी गर्ने हुनाले ब्रुफेन, निम्स, फ्लेक्सन, भोभेरान जस्ता औषधीको धेरै सेवन नगर्ने

–दिनमा करिब ६ गिलास पानी पिउने

परिवारमा कसैलाई मिर्गौला रोग लागेको छ भने वर्षको एकपटक मिर्गौला परीक्षण गराउनु आवश्यक हुन्छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार