• शुक्रबार, साउन ८ २०८३

काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर, यस्तो छ कारण ?


बुधबार, फाल्गुन २४ २०७९
1.4K
Shares

काठमाडौँ । नेपालको राजधानी काठमाडौँ आज विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा परेको छ । केही दिनदेखि लगातार प्रदूषण बढ्दै गएको काठमाडौँ आज बुधबार मध्याह्न विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा परेको हो ।

पहिलो प्रदूषित शहरको सूचीमा भने चीनको उहान शहर परेको थियो ।

यूरोपेली प्रदूषण मापन संस्था वल्र्ड एयर क्वालिटी इन्डेक्स (आइक्यूएयर) को तथ्याङ्क अनुसार आज रत्नपार्क क्षेत्रको यूएस आइक्यूआई १७३, भक्तपुरको २०७, कीर्तिपुरको १८१ र नारायणीको २४२ देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार हावाको गुणस्तर सूचक मापक एयरक्वालिटी इन्डेक्स एक्यूआइ ३५ भन्दा कम हुनुपर्छ ।

५१ देखि १०० सम्म एक्यूआइ मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ ।

यस्तो छ कारण

वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार नेपालमा लामो समयदेखि पानी नपरेकाले प्रदुषण बढेको हो । भौतिक पूर्वाधार निर्माणको काम तिब्र गतिमा बढ्नु, सवारी साधनको चाप र अब्यवस्थित प्रयोग त्यस्तै कलकारखना र उद्योगहरु अव्यवस्थित बन्दा नेपालमा प्रदुषण बढ्न पुगेको लामिछानेले सिभिलखबरलाई बताए ।

प्रदुषणका स्रोतहरुको उचित ब्यवस्थापन हुन नसक्नाले नेपाल प्रदुषणको उच्च जोखिममा पुगेको उनको भनाइ छ । त्यस्तै पछिल्लो समय भारतदेखि तराईसम्मको प्रदुषित हावा काठमाडौँसम्म आइपुगेकाले पनि प्रदुषणको दर उच्च बनेको वातावरण निरिक्षक लामिछानेले बताए ।

प्रदुषण रोक्न विभागले केही काम गर्नु पर्दैन ? भन्ने सिभिलखबरको प्रश्नमा लामिछानेले भने, ‘प्रदुषण भन्ने कुरा एउटा निकायले रोकेर रोकिने चिज होइन रहेछ, यसमा सबैको साझा सोच, धारणा र चेतनाको स्तर चाहिने रहेछ, ‘प्रदुषण रोक्न एउटा सामान्य घरको कोठादेखि सिंहदरबारमा बस्नेसम्मले सकरात्मक सोच्न जरुरी देखिन्छ ।’

प्रदुषण नियन्त्रण गर्नकै लागि काठमाडौँ उपत्यका वायू गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ लागू भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भएको लामिछानेले बताए ।

यो पनि पढ्नुहोस्

https://civilkhabar.com/?p=62159

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार