• शुक्रबार, साउन ८ २०८३

नङको सुन्दरतालाई कसरी कायम राख्ने ?


मंगलबार, फाल्गुन २३ २०७९
3.4K
Shares

नङले पनि व्यक्तित्व विकासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। मान्छेले आफूलाई सुन्दर देखाउन नङ पालेका हुन्छन्। नङ अरुजस्तै सुन्दर बनाउन विभिन्न तरिका अपनाएका हुन्छन्। तर नङको हेरचाह कसरी गर्ने भनेर धेरैलाई थाहा नहुन पनि सक्छ।

हामीले नङलाई सफा गरिरहनु पर्छ। नङको कुनाकाप्चामा माटो लगायत फोहोर वस्तु टाँसिएर बसेको हुन्छ। त्यस्तो बेलामा हामीले ब्रसको सहायताले नङ नभाँचिने गरी सफा गर्नुपर्छ। हामीले नङ पाले पनि कतिपय नर्मल कुरामा ध्यान दिएका हुँदैनाैं। कसैकसैको नङको छेउछाउमा मासु पलाएको हुन्छ। यदि नङको छेउमा उचेरा गएको र मासु पलाएको छ भने सानो कैंचीले त्यसलाई मिलाएर काटिदिनुपर्छ। यी कुरामा ध्यान दिएमा नङको मासु छेउछाउबाट फाटेर जान पाउँदैन। 

नङ सफा गर्ने भन्दैमा थिचेर सफा गर्नु भने हुँदैन । त्यस कारण होसियारका साथ बिस्तारै सफा गर्नुपर्ने हुन्छ। नङको प्रयोग गरेर काम गर्ने बानी धेरै मानिसमा हुनसक्छ यो बानीलाई हटाउँदै जानुपर्छ। नत्र नङ भाँचिने र टुक्रिने सम्भावना हुन्छ। नङ सफा गर्दा तिखो वस्तुको प्रयोग गर्नु हुँदैन भने नङको स्याहार गर्न नसकिने भएमा नङ काटेर छोटो वा सुहाउँदो राख्दा राम्रो हुन्छ।

नङलाई अर्को तरिकाले पनि सफा राख्न सकिन्छ। जस्तो कागतीको प्रयोग गरेर नङमुनि वा कुनातिर भएका दाग र फोहोरलाई सफा गर्न सकिन्छ। हामीसँग भएको टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा भएर जान्छ। 

मानिस पार्टीमा होस या अरू कुनै कामको सिलसिलामा साथीभाइ वा अरु मानिससँग भेटघाट गरिरहनु पर्छ।  जसका कारण मान्छेको हरेक बोलीचालीमा उसको हाउभाउ अगाडि पर्दछ। सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण अंग हुन आउँछ। फोहोर दाग भएका, टुक्रेका, भाँच्चिएका नङ भएको हातले व्यक्तित्वमा नकारात्मक असर पार्छ।

मान्छेहरुले यसको त नङ कति नराम्रो रहेछ भन्ने गरेको पनि पाइन्छ। जसकारण नङको सुन्दरतामा निकै महत्वपूर्ण हुन्छ। यति मात्र होइन नङले हात र खुट्टाको सुन्दरता बढाएको हुन्छ।  हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ।

सुन्दर तथा सही आकारमा काटिएको, सुहाउँदो रङको पोलिस लगाइएका स्वस्थ सुन्दर नङले तपाईंको व्यक्तित्वमा निखार ल्याउने काम गर्छ। प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन्। साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ।

कडा पानीको प्रयोग गर्दा नङ पहेँलो भएर जान्छ। भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरबाहीले नङमा समस्या हुन सक्छ। त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ त्यसैले नेल पोलिसको प्रयोग गर्दा गुणस्तरीय प्रोडक्टको प्रयोग गर्दा नङको सुन्दरता निखारता थपिन्छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार