आज आइतबार रंगहरुको पर्व होली। होली आज देशका पहाडी जिल्लामा हर्ष उल्लासका साथ मनाइँदै छ। तराईका जिल्लाहरुमा भने होली पहाडी जिल्लाको भोलिपल्ट मनाउने गरिन्छ।
होलीमा रंग खेल्नु। एक अर्कोलाई रंग दल्नु। अनुहारमा विभिन्न केमिकलयुक्त पेन्टहरु दल्नुलाई धेरै जसोले सामान्य रुपमा लिने गरेको पाइन्छ। किनकी यो रंगको पर्व हो, होलीमा नरंगीए कहिले ? भन्ने प्रश्न पनि धेरैको हुन सक्छ।
बसन्त ऋतुको आगमनसँगै होलीमा रंगहरूसँग रम्न चाहनेहरूलाई होली खेल्दा हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्या अवगत हुन आवश्यक छ । तर कतिपयले रंगीन पानी, बेलुनमा फोहोर पानी र हानिकारक केमिकल समेत दल्ने गरेको पाइन्छ । यस्ता काम होलीको दिन रमाइलो लागे पनि होलीपछि यी रंग र केमिकलले छालाका गम्भीर समस्या देखिने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
कसरी चिन्ने मिसावटयुक्त भएका रंग ?
-मिसावट भएका रंगहरु पत्ता लगाउन रंगलाई केही समय पानीमा डुबाएर हेर्न सकिन्छ । यही रंग सजिलै पानीमा घोलियो भने त्यसमा विषाक्त वस्तुहरु जस्तै मर्करी, लिड छैनन् भन्ने बुज्न सकिन्छ।
-रंगमा पेट्रोल, मट्टीतेल आदीको गन्ध आएमा त्यस्ता रंगको प्रयोग गर्नुहुन्न ।
-धेरै चम्किला रंगहरुको प्रयोग गर्नुहुन्न ।
-केमिकलयुक्त रंगहरुभन्दा बासना आउने फूल र बोटबिरुवाहरुबाट बनेका रंगको प्रयोग गर्न सकिन्छ । यस्ता रंगहरु सजिलै पानीमा घुल्ने हुन्छन् ।
होली खोल्नुअघि के गर्ने ?
– होली खेल्नुअघि छालालाई जोगाउन शरीर भरी जैतुन वा आलमोण्डको तेलले मालिस गर्ने । यसले छालामा रंगको असर कम पर्छ र छाला नरम भइराख्छ ।
– पूरा शरीर ढाक्ने गरी कपडा लगाउने र नढाकिएको भागमा सनस्क्रिन लगाउने । विशेष गरी अनुहारमा ५० एस.पी.एफको सनस्क्रिन लगाएर मात्र होली खेल्ने ।
– होली खेल्नुअघि वाटरफ्रुफ मेकअप गर्न सकिन्छ । यसले रंगलाई छालाको भित्रि भागसम्म छिर्न दिँदैन ।
– घाममा खेलिने भएकोले सन ग्लासेज लगाउनु राम्रो हुन्छ । यसले आँखा वरिपरिको पातलो र संवेदनशील छालालाई रंग र घाम दुवैबाट बचाउँनका साथैं आँखामा रंग पस्नबाट बचाउँछ ।
– नङमा अनावश्यक कलर लाग्नबाट जोगाउँदै ‘क्युटिकल’मा असर पर्नबाट जोगाउँन ‘क्युटिकल ओएल’ लगाउने र नेल पोलिस गर्ने ।
– होली खेल्दा कपाललाई पनि बचाउँनुपर्छ । सबैभन्दा उत्तम उपाय त कपाललाई छोप्ने गरी क्याप लगाउनु नै हो । आजकाल विभिन्न स्टाइलिस क्यापहरु बजारमा पाइन्छ । ती क्यापहरु प्रयोग गर्न सकिन्छ । कपाललाई छोड्नुभन्दा बाँध्नु राम्रोे हुन्छ ।
– होली खेल्नु दुई घण्टा अगाडि कपालमा खरिवल अथवा जैतुनको तेल लगाएर समाज गर्नुपपर्छ । यसोे गर्दा रंगले कपाललाई धेरै हानी पुर्याउँन सक्दैन ।
– कसैको कपालमा चाँया भए, सुक्खा स्काल्प भए वा कुनै पनि कारण सम्वेदनशील भए जैतुन तेलमा कागती हालेर मसाज गर्ने ।
– ओठमा एस.पी.एफयुक्त लिप वाम लगाउने ।
होली खेलिसकेपछि के गर्ने ?
– होली खेलिसकेपछि ढिलो नगरी मनतातो पानीले नुहाउनु पर्छ ।
– कलर फाल्नको लागि धेरै साबुन प्रयोग नगर्ने, जवरजस्ती नरगड्ने, स्क्रब नगर्ने । यदी यसो गरियो भने छालामा समस्या ल्याउन सक्छ ।
– नुहाउने पानीमा ग्लिसिरिन तथा लेभेन्डर वा रोज जस्ता एरोमा तेलकोे केही थोपा प्रयोग गर्ने । यसले छालालाई नरम बनाउँछ भने रंगबाट हुने इन्फेक्सनलाई कम गर्छ ।
– नुहाइसकेपछि पूरा शरीर तथा अनुहारमा मइस्चराइजर तथा लोसन लगाउने । यसले छालालाई सुक्खा हुन र पोल्न दिँदैन ।
– कपालमा स्याम्पु गरिसकेपछि कण्डिशनर वा प्राकृतिक मास्क प्रयोग गर्ने । यसले सुक्खा हुनबाट बचाउँछ ।