????????????????????????????????????
गर्मी वा वर्खामाको तुलनामा चिसो समयमा रोगहरु कम देखिन्छन् । तर चिसाे मौसममा राेगै देखिन्न भन्ने हाेइन । यसमा दुई वटा कुराहरु महत्वपुर्ण छ । वान्ता हुने पखाला लाग्ने अहिले पनि छ । अर्को श्वासप्रश्वास सम्बन्धी जस्तै रुघाखोकी । रुघाखोकी पनि दुई प्रकारको छ । एक संक्रमणकै कारण किटाणुकै कारण र अर्को धुवाधुलो कारण ।
पछिल्लो समय देखिएको समस्या इन्ल्फुएजा छ नै । त्योसँगसँगै अर्को वायुको गुणस्तर खस्किएको कारणले मानिसहरुलाई खोकी लाग्ने, घाटी दुख्ने, नाकबाट पानी बग्ने जस्ता समइाहरु देखिएको छ ।
अहिले हामीले भेटिरहेका साथी आफन्तले पनि सुनाइरहेका छन् । दुई भन्दा बढी समयदेखि खोकीले छोडेको छैन भन्ने गुनासा गरिरहेका भेटिन्छन् । किटाणुले संक्रमण गरेको भए त्यति लामो समय खोकी रहदैन । अहिलेको समस्या भनेको वायुप्रदुषणका कारणले धेरै मान्छे विरामी भईराखेका छन् ।

अनुसन्धानले पनि वायु प्रदुषण वा वायुको गुणस्तर खस्किएको देखाएकाे छ । २.५ भन्दा कम डायोमिटर भयो भने अझै फेक्सोमा समस्या देखिन्छ । किटाणु संक्रमण भएकालाई वाायु प्रदुषणले अझै थप समस्या ल्याउछ । त्यसैले अहिले धेरै दमका विरामी बढेका छन् । मुटुका समस्या धेरैलाई देखिएको छ ।
माक्सको उपयोगले धेरै प्रकारका रोगहरुबाट हुन सके संक्रमणबाट जोगिन सकिन्छ । अर्को जनस्वाथ्यको मापदण्डहरु पालना गर्ने । हात साबुन पानीले धुने , व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
जहाँ पायो त्यही जस्तोसुकै खानेकुराहरु नखाने गर्नुपर्छ । बाहिरको खाना खाएर पखाला लाग्ने वान्त हुने समस्या लिएर धेरै मान्छेहरु विरामी भएका छन् । आफूले खाँदै गरेको खानामा गुणस्तरीयता, सफा हेर्नुपर्छ ।
डा शेरबहादुर पुनसंग सिभिलखबरले गरेकाे कुराकानीकाे सम्पादीत अंश ।