काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइलवीच भेटवार्ता भएको छ ।
शुक्रवार काठमाण्डौमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप बलियो बनाउनेबारेमा छलफल भएको मन्त्री अर्यालका स्वकिय सचिव पुण्य प्रसाद भण्डारीले सिभिलखबरलाई जानकारी दिए ।
भेटका क्रममा श्रममन्त्री अर्यालले नेपालबाट रोजगारीमा गएका कामदारको बिषयमा चासो राखेका थिए । नेपालको प्रमुख रोजगारीको गन्तब्यका रुपमा रहेको मलेसियामा करिब २ लाख ६८ हजार कामदार कानूनविपरित बसिरहेका बसिरहेकाले तत्काल कानूनसम्वत रुपमा उनिहरुको रोजगारी सूनिश्चित गर्न प्रकृया थाल्न दुई देशविच सहमती भएको बताइएको छ । जसमा श्रमस्विकृतीको अवधी सकिएका, एक कम्पनीबाट विना प्रकृया अर्को कम्पनीमा बसेका, भिसाको समय सकिएका लगायत रहेका छन् ।
त्यस्तै मलेसियाको जेलमा करिब एक जना नेपाली रहेकाले उनिहरुलाई तत्काल प्रकृया पु¥याएर मलेसियन सरकारले आममाफी दिन समेत श्रममन्त्री अर्यालले अनुरोध गरेको उनका स्वकिय सचिव भण्डारीले सिभिलखबरलाई बताए । सो बिषयमा गृहमन्त्री इजमाइल सकरात्मक देखिएको उनको भनाई छ ।
त्यस्तै भेटका क्रममा नेपाली कामदारले मलेसियामा पाउदै आएको सेवा सुविधा र पारिश्रमिकका बिषयमा समेत छलफल भएको बताइएको छ । अन्य देशका कामदार सरह नेपाली कामदारलाई समेत पारिश्रमिक तोक्न अर्यालले आग्राह गरेका छन् ।
छलफलका क्रममा मलेसियाका गृह मन्त्री सैफुदिन नासुसनले नेपालबाट दुई लाख ८५ हजार सात सय ६८ जना श्रमिक मलेसिया गएका र ती मध्येबाट एक लाख ८५ हजार जना निर्माण क्षेत्रमा आबद्ध रहेको बताएका थिए । । त्यस्तै ७० हजार जना सेक्युरिटी गार्डमा कार्यरत रहेको उनले बताएका थिए ।
उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी श्रममन्त्री अर्याललाई गराएको भण्डारीले बताए ।
तीन दिने नेपाल भ्रमणका क्रममा बिहीवार बेलुकी आएका गृहमन्त्री इजमाइलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम छ ।
याे पनि पढ्नुहाेस्