• शुक्रबार, साउन ८ २०८३

‘सबैभन्दा ठूलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा हुन थाल्यो’


बिहिबार, माघ १९ २०७९
2K
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् ।

बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन् । महासचिव चन्दले स्वास्थ्य क्षेत्र राज्यले जिम्मा नलिँदा सामान्य रोगबाट समेत जनताको ज्यान गइरहेको बताए । बिरामी देखाएर स्वास्थ्य क्षेत्रमा व्यापार भइरहेको विप्लवकाे भनाई छ ।

स्वास्थ्यमा राज्यले जनताको दायित्व लिनुपर्ने माग गर्दै उनले स्वास्थ्य क्षेत्रमा माफियाकाे राज निर्मुल बनाउनु पर्ने तर्क गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार