• शुक्रबार, साउन ८ २०८३

स्वास्थ्यमा गिरी, शिक्षामा खनाल, श्रममा अर्याल आउने पक्का, ताेसिमा स्वास्थ्य राज्यमन्त्री बन्ने


मंगलबार, माघ ३ २०७९
1.4K
Shares

काठमाण्डाै । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छन् । आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसअनुसार स्वास्थ्य मन्त्रालय नेकपा एमालेको भागमा परेको छ ।

एमालेले स्वास्थ्यमा पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । स्वास्थ्य मन्त्रालयसहित एमालेकाे भागमा ८ वटा मन्त्रालय परेको छ ।

त्यस्तै शिक्षा र श्रम मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले शिक्षामा शिशिर खनाल र श्रम मन्त्रीमा डिपी अर्याललाई पठाउने निर्णय गरेको छ ।

यसैगरी डा ताेसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छिन । उनि समेत रास्वपाबाटै निर्वाचित साँसद हुन् । रास्वपाबाट पार्टी सभापति यसअघि उपप्रधानसहित गृह मन्त्री बनिसकेका छन् ।

माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय लिँदा राप्रपाले ३ मन्त्रालय र एक राज्यमन्त्री र जनमत पार्टीले एक मन्त्रालय पाउने भएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार