• शुक्रबार, साउन ८ २०८३

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान


शुक्रबार, पुष १५ २०७९
2K
Shares

गोरखा । जिल्लामा जग्गा बाँझो राख्ने क्रम बढ्दै गएको छ । त्यसलाई रोक्न गण्डकी प्रदेश सरकारले बिशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

प्रदेश मातहतको कृषि ज्ञानकेन्द्र मार्फत बाँझो जग्गामा पुनः खेति गर्नेहरुलाई अनुदान दिइने कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी भवनाथ देवकोटाले बताए । ‘तीन चार वर्ष देखि जग्गा बाँझो छ र त्यहाँ कसैले खेति गर्नुहुन्छ भने उहाँले अनुदान पाउनु हुन्छ,’ देवकोटाले भने,‘त्यसका लागि जिल्लामा कार्यक्रम बजेट प्राप्त भइसकेको छ ।’ त्यस्तो जग्गामा खेति गर्नेहरुलाई प्रोत्साहन स्वरुप प्रतिरोपनी ५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यसको लागि करिब १२ लाख बजेट प्राप्त भएको उनले बताए । अब छिट्टै उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको देवकोटाको भनाई छ । भूकम्प, बाढी, पहिरो, कामदार अभाव, विभिन्न कारण जिल्लामा झण्डै २५ प्रतिशत खेतियोग्यो बाँझिएको अनुमान छ । जसका कारण उत्पादन घट्दै गएको छ । रैथाने बाली लोप हुने अबस्थामा पुगेका छन्, व्यवसायी खेति पनि कम हुन थालेको छ ।

यस वर्ष गोरखामा करिब ७४ हजार मेटिूकटन धान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले दिएको जानकारी अनुसार जिल्लाको १५ हजार हेक्टर खेतमा कुल ७३ हजार ५०० मेट्रिकटन धान फलको हो । यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ४.७ तर मेटिूकटन रहेको छ ।
कुल क्षेत्रफलकोे १० प्रतिशत अर्थात १५ सय हेक्टर हाइब्रिड धानले ओगटेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार