• शुक्रबार, साउन ८ २०८३

प्रधानमन्त्री प्रचण्डले दिए ल्होसारको शुभकामना


शुक्रबार, पुष १५ २०७९
1.4K
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन्।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताए।

उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिएका छन्।

ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार