• शुक्रबार, साउन ८ २०८३

सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा रामहरी के.सी चयन


बिहिबार, पुष १४ २०७९
1.6K
Shares

गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा रामहरी के.सी चयन भएका छन् ।

बुधवार जिल्ला समन्वय सभाको हलमा भएको चौथो साधारण सभा एवं तेस्रो अधिवेशनले के.सीलाई सर्वसम्बत रुपमा अध्यक्षमा चुनेको हो ।

के.सीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती सर्बसम्मत चयन गरेको निबर्तमान अध्यक्ष सुशील बाबु श्रेष्ठले जानकारी दिए ।

सेवा केन्द्रका आजिवन तथा साधारण सदस्यहरुको भेलाले समितिको उपाध्यक्षमा मिना श्रेष्ठ, सचिवमा काजीराम श्रेष्ठ कोषाध्यक्षमा भोलाप्रसाद मरहठ्ठा र सहसचिवमा अन्जनबाबु खत्री निबिरोध चयन गरेको छ ।

यसैगरी बाबुराम श्रेष्ठ, देवु मास्के, शान्ति श्रेष्ठ, शोभा प्रधान दवाडी, बिष्णुबहादुर थापा, दण्डपाँडी कट्टेल, किरण ढकाल, ज्ञानु अर्याल, बिक्रम बस्नेत, फत्तबहादुर श्रेष्ठ र भाईकाजी आले सदस्यमा चयन भएका छन् ।

उक्त साधारण सभाको उदघाट्न जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै थापाले जिल्ला समन्वय समितीका तर्फबाट आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए र सस्थाको आजिवन सदस्यता लिने घोषणा समेत गरे ।

निर्वतमान अध्यक्ष सुशिलबाबु श्रेष्ठ ‘कैलाश’ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रसासन कार्यालय गोरखाका साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, प्रहरी निरीक्षक सोमनाथ ढकाल, सामाजिक बिकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार लगायत, सामुदायिक सेवा केन्द्र पालुङटरका अध्यक्ष सरोज देवकोटाले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार