• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेशका सांसदले लिए शपथ


बिहिबार, पुष १४ २०७९
1.3K
Shares

 गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्।

बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्।

ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्।

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जेष्ठ सदस्य मित्रलाललाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाएका थिए।

३ जना सांसदले भने मातृ भाषामा शपथ लिएका थिए भने अरू सांसदले नेपाली भाषामा शपथ लिएका छन्।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार