गोरखा । गण्डकी गाउँपालिका वडा न. २ स्थित ताङ्लिचोकमा भव्य रुपमा ‘तमू ल्होसार ’ मनाउने भएको छ ।
तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् गण्डकी गाउँपालिका कार्यसमितिको आयोजनामा पुष १५ गते गण्डकी गाउँपालिका वडा न. २ स्थित ल्होसार डाँडामा सञ्चालन हुने अध्यक्ष रविन गुरुङले बताए ।
कार्यक्रममा सास्कृतिक झाकी, चुड्का, घाटु लगाएतका संस्कृतिहरुको आर्कषण रहने छ । कार्यक्रममा गण्डकी गाउँपालिकाको हाल जननिर्वाचित तथा भूतपूर्व तमू जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम । त्यस्तै यस वर्ष गाउँपालिका भित्रका गुरुङ समुदायबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई सम्मान गरिने आयोजकको भनाइ रहेको छ । त्यसका साथै स्थानीय तथा ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ ।
