• शुक्रबार, साउन ८ २०८३

सुनको भाउ प्रतितोला ९९ हजार नौ सय पुग्यो, आज कति बढ्यो ?


सोमबार, मंसिर १९ २०७९
1.1K
Shares

नेपाली बजारमा सोमाबार पनि सुन–चाँदीको मूल्य बढेको छ। 

सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ बढेको हो।

आइतबार पनि सुन प्रतितोला चार सय रुपैयाँ नै बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार चाँदी प्रतितोला १३ सय रुपैयाँ ७० मा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार