• शुक्रबार, साउन ८ २०८३

चुमनुब्रीमा ४ दिनदेखि मोवाईल फोन अवरुद्ध


सोमबार, मंसिर १९ २०७९
1.7K
Shares

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा ४ दिनदेखि मोवाईल फोन सेवा अवरुद्ध भएको छ ।

धार्चेको काशिगाउँ, चुमनुब्रीको छेकम्पार, समागाउँ, बिही, प्रोकलगायत ठाउँमा फोन अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । चारदिनेदेखि फोन अवरुद्ध भएकोले गाउँमा मानिसहरुसँग सम्पर्क हुन नसकेको अध्यक्ष लामाले बताए ।

‘इन्टरनेट चलेको ठाउँमा मात्रै सम्पर्क भएको छ ।’ फोन बिग्रिएपछि आफन्तसँग कुराकानी गर्न, सन्चोबिसन्चो सोध्न नपाएको स्थानियहरुले बताएका छन्। केहीदिनदेखि फोनमा टावर नदेखाएको र फोन नलागेको चुमनुब्री ७ छेकम्पारका तेन्जिङ लामाले गुनासो गरे ।

‘किन फोन लागेन, के भयो भनेर आफन्त चिन्तामा होलान्’ उनले भने । चुमनुब्री र धार्चेको केही ठाउँमा फोन अवरुद्ध भएको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । विद्युत नहुँदा टावरले काम नगरेको र सोमवारसम्म बिजुली सुचारु भएसँगै टावर संचालनमा आउने श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार