• शुक्रबार, साउन ८ २०८३

आजको मौसम पूर्वानुमान !


आइतबार, मंसिर ११ २०७९
10.1K
Shares

देशका केही स्थानको मौसम आज आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार