प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ ।
निर्वाचन आयोगको हालसम्मकाे मतपरिणाम विवरणअनुसार एमालेले हालसम्म १३ लाख ३३ हजार मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेस छ ।
कांग्रेसले समानुपातिकतर्फ १२ लाख ५३ हजार ९३१ मत प्राप्त गरेको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । रास्वपाले ६ लाख ८ हजार ९७५ समानुपातिकतर्फ मत प्राप्त गरेको छ ।
चौथोमा नेकपा माओवादी केन्द्र छ । निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा ५ लाख १६ हजार ३०४ मत पाएको छ । पाचाैमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख १६ हजार ३०४ मत पाएको छ ।