• आइतबार, भाद्र २८ २०८३

पहिरोले पुरिएर सासु बुहारीको नै मृत्यु


शुक्रबार, असार ३ २०७९
920
Shares

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरो भएको छ।

सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो।

पहिरोमा परेर हराइरहेका उनीहरुको शव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका हुन्।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन्। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ।

यस्तै, पहिरोका कारण वडा नम्बर ६ का केही घरमा पनि नोक्सानी भएको छ। सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा रहेको बताइएको छ। पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार