
नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ५ सय रुपैयाँले बढेको छ।
शुक्रबार छापावाल सुन ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ।
आज चाँदी तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


