• आइतबार, भाद्र २८ २०८३

गोरखा नगरपालिकामा घटना दर्ता शिविर सुरु


शुक्रबार, असार ३ २०७९
925
Shares

गोरखा । गोरखा नगरपालिकामा घटना दर्ता शिविर सुरु भएकाे छ । गोरखा नगर क्षेत्रमा स्थायी बसाेबास गर्ने नागरिककाे घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने, विवरण दर्ता गराउने तथा गुनासो दर्ता तथा सुनुवाई गर्ने उद्देश्यले दर्ता शिविर संचालन सुरु गररिएकाे हाे ।

१४ वटै वडाको विभिन्न ४२ ठाउँवाट शिविर सञ्चालन भइरहेकाे बताइएकाे छ । प्रत्येक ठाँउवाट जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वसाईसराई र सम्वन्ध विच्छेदको अभिलेखिकरण गर्ने गरि शिविर अगाडी वढाएकाे सामाजिक विकास अधिकृत विजय भक्त तिवारीले जानकारी दिए । जेठ २ गतेवाट सुरु भएको कार्यक्रम १३ गते समापन हुने उनले वताए ।

जस अनुसार असार २ र ३ गते वडा न १ मा छापथोक सामुदायिक भवन, पौवाडाँडा खोप केन्द, ताप्ले मानपुर सामुदायिक भवन, वडा न ६ मा वोसेपानी भवन, रानी पाखरी, विसे नगर्ची चोक र वडा न १२ मा रानीटार पार्क, किलो वन अफिस, दरै टारपार्कमा आयोजना हुनेछ ।

त्यसैगरि असार ५ र ६ गते वडा न २ पौवा वन अफिस, गौरी शकर टोल नमुना भवन, वडा न ८ मा आहाले भन्ज्याङ्ग, सुर्योदय प्राथमिक विद्यालय आमडाडा, रानीश्वाँरा आयुर्वेद चौतारा र वडा न १३ मा सिम्ले स्वास्थ्य सामुदायिक भवन, वनदेवी प्राथमिक विद्यालय वैतारी, मझुवा प्रहरी अफिसवाट सेवा सञ्चालन हुनेछ ।

त्यसै गरि असार ७ र ८ गते वडा न. ३ मा विनिखोला, विन्दावासीनी विद्यालय, पडेनी चौतारा, वडा न ७ मा मान्देढुगा सामुदायिक भवन, हिलेपोखरी सामुदायिक भवन, भाङ्गवारी शतिपिपल, र वडा न १४ को गोप्लिङ्ग, याङ्गकोट, भटटवेशी, प्युघरवेशीबाट सेवा दिइने तिवारीले वताए ।

साथै असार ९ र १० गते वडा न ४ पुतली वगैचा, कुवापानी सामुदायिक भवन, नवदुर्गा आधारभुत विद्यालय, वडा नँ ५ गोरखकाली विद्यालय, चिल्ड्रेन पार्क, शिवशक्ति विद्यालय र वडा न ११ पशु सेवा कार्यालय, भुराजवृक्ष आधारभुत विद्यालय, वडा न ११ हेल्थ पोष्टमा आयोजना हुने नगरपालिकाले जनाएको छ भने असार १२ र १३ गते वडा न ९ ठिगुरेश्वारा शान्तीनगर महिला समुह भवन, काफ्ले महिला समुह भवन, सिर्दी र वडा न १० को छेवेटार तारा मावि हल, समीचौर टोल विकास भवन, विरेन्चोक माविमा हुने आयोजकले वताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार