
लागु औषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।
जेठ अन्तिम हप्ता विभिन्न देशहरुबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलहुँदै ल्याइएका ४९ केजी सेतो र २ केजी खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको हो।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ब्युरोले पक्राउ पर्ने सातैजना दक्षिण अफ्रिकी नागरिक भएको जनाएको छ।


