• आइतबार, भाद्र २८ २०८३

यस्तो छ ‘पानीफाटो’को टिजर (भिडिओ)


बिहिबार, असार २ २०७९
690
Shares

अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ। 

सार्वजनिक टिजरमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान र मलिका महत प्रस्तुत छन्। टिजरमा मेनुका प्रधानको एक संवाद छ, ‘लोग्ने मान्छे र स्वास्नी मान्छेसँगै भएपछि दु:ख हुने रहेछ। हाम्रो बिहे नभएको भए छोरो जन्मिदैन थियो। छोरा नजन्मेको भए यसरी खोज्दै हिँड्नु पर्दैनथ्यो।’

फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको खोजीमा रहेको बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ। निर्देशक खगेन्द्रकै लेखन रहेको फिल्म यसअघि नाटक मञ्जन भइसकेको छ। 

फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय छ। टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले मिलेर निर्माण गरेका हुन्।

दीपक बज्राचार्यले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गरेका छन्। फिल्मको छायांकन काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको हो।

यो साउन १३ गतेदेखि प्रदर्शन हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार