
भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन्।
बुधबार मध्यराति अर्थात् गत २४ घण्टामा कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो। यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए।

गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए। भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ। यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेको समाचारमा जनाइएको छ।
सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.१३ प्रतिशत हो। पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ।
योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६५ प्रतिशत छ।
कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसमम भारतमा ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।


