
चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पत्रकारिताबाट बाहिरिएका छन् । उनले ग्यालेक्सी टीभी आज छाडेका छन् ।
आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।
आमजनताको सरोकारका विषय उठाउँदै ‘सिधा कुरा’ नामक कार्यक्रम चलाएका रवि नेपालीजनमा प्रिय छन् । ग्यालेक्सी टिभीकर्मीको बैठकमा उनले आफू राजनीतिमा लाग्ने भएकाले बाहिरिएको बताएका छन् ।
आज बेलुका प्रशारण हुने सिधा कुरा अन्तिम कार्यक्रम हुने बताइन्छ । उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् ।


