• बुधबार, भाद्र ३१ २०८३

दाेस्राे लिगलिगे साइकल दाैडमा सुरज पहिलाे, लक्ष्मण दाेस्राे


शनिबार, चैत्र ५ २०७८
705
Shares

गोरखा । गोरखाको पालुङटारदेखि सिरानचोक, लमजुङको राईनासहुँदै लिगलिगकोटसम्म आयोजना गरिएको खुल्ला साईकल दौडमा सुरज राना पहिलो भएका छन् । ५३ किलोमिटर दुरी दुई घण्टा २५ मिनेट ४८ सेकेण्डमा पारगर्दै एपिएफमा आवद्ध सिन्धुपाल्चोकका राना पहिलो भएका हुन् ।

यस्तै गोरखाका प्रकाश थापाले दुई घण्टा २५ मिनेट ५० सेकेन्ड र धादीङका लक्ष्मण मल्लले दुई घण्टा २५ मिनेट ५१ सेकेण्डमा उक्त दुरी पुरा गर्दै दोस्रो र तेस्रो भए । दोस्रो हुने थापा भारतीय सेनामा कार्यरत छन् भने तेस्रो हुने मल्ल एपिएफमा आवद्ध छन् ।

मेन ईलिट तर्फको यो प्रतियोगितामा ३७ जना सहभागी भएको देबेन्द्र बस्नेतले बताए । महिला तर्फ छ जना सहभागी मध्येबाट त्रिभुवन आर्मी क्लवमा आवद्ध गोरखाकी उषा खनाल पहिलो भईन । निर्धारित दुरी दुई घण्टा ५५ मिनेट ५८ सेकेण्डमा खनालले पुरा गरिन ।

तीन घण्टा ११ मिनेट १७ सकेन्डमा दुरी पार गर्दै मञ्जुकुमारी खड्का दोस्रो भईन । तीन घण्टा १७ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै इन्द्रकला नेम्वाङ तेस्रो भईन ।

मेन मास्टर विधा तर्फ तीन घण्टा चार मिनेट ५८ सेकेन्डमा दुरी पुरा गर्दै नयन मानन्धर पहिलो भए । तीन घण्टा पाँच मिनेट ५९ सेकेन्डमा दुरी पुरा गर्दै बिदेशी नागरिक जोस्चोन स्टेवार्ड दोस्रो भए भने तीन घण्टा १५ मिनेट पाँच सेकेन्डमा दुरी पुरा गर्दै बिकास महर्जन तेस्रो भए । यो विधामा ९ जना सहभागी थिए ।

बिभिन्न बिधामा बिजेताहरुले ट्रफि, मेडल, प्रमाण पत्रको साथ क्रमस २५, २०, १५ हजार पुरस्कार पाए । प्रतियोगितामा १० औँ स्थान सम्म हाँसिल गरेकालाई पुरस्कारको ब्यवस्था रहेको आयोजक लिगलिग भेलेज स्पोटर्सका अध्यक्ष सञ्जिव राना मगरले बताए ।

बिजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले पुरस्कार बितरण गरेका थिए । गण्डकी प्रदेश भित्र तर्फबाट प्रकाश थापा मगर पहिलो भए । हिक्मत बिके दोस्रो र खुसीमान घर्ती तेस्रो भए । गण्डकी तर्फ महिलामा उसा खनाल पहिलो, केसरी थापा दोस्रो भईन । पालुङटार नगरपालिका भित्रका मध्येबाट सुरज रानाभाट पहिलो भएभने प्रभात रोका दोस्रो भए ।

बिभिन्न बिधामा गरी ५२ जना सहभागी रहेको आयोजक सदस्य बसन्त बस्नेतले बताए । १० वर्षका पुर्णराज तामाङले पनि सहभागीता जनाएका थिए । पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमासाइकल दौडको आयोजना भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार