• शुक्रबार, साउन ८ २०८३

सञ्चारकर्मी ऋतुको टिप्स : लकडाउनमा बालबालिकालाई कसरी रचनात्मक बनाउने ? (भिडियो सहित)


बुधबार, भाद्र २४ २०७७
2.4K
Shares

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपालमा पनि लकडाउन वा निषेधाज्ञा भएको करिब ६ महिना भयो ।

स्वास्थ्य सुरक्षाका कारण विद्यालय बन्द भएर विद्यार्थी घरमै बसेका छन् । यतिबेला अधिकांश बालबालिका मोबाइल तथा ल्यापटपमा युटुव, टिकटक जस्ता सामाजिक सञ्जालमा मस्त छन् ।

बिद्यालय बन्द भएको झण्डै आधा बर्ष भयो । बाहिर निस्किने अवस्था पनि छैन । न त विद्यालयहरुले नै कुनै प्रभावकारी योजना ल्याउन सकेका छन् ।

केहि नीजि विद्यालयले अनलाइन पठनपाठन सुरु गरेपनि सोचे जस्तो प्रभावकारी नहुदा अभिभावकलाई अहिले टाउको दुखाईको बिषय बनेको छ ।

यस्तो अवस्थामा बालबालिकालाई घरमै पनि धेरै कुरा सिकाउने सकिने भिडियो सञ्चारकर्मी ऋतु रानाभाटले सार्वजानिक गरेकी छिन् ।

उनले घर मै बालबालिकालाई खुसी, ब्यस्त र रचनात्मक कसरी बनाउन सकिन्छ भन्ने टिप्स सहितको भिडियो आफ्नै युट्युव च्यानल ‘ऋतु रङ्ग’ मार्फत सार्वजानिक गरेकी हुन ।

बालबालिकालाई कसरी व्यस्त अनि खुसी राख्ने भन्ने अभिभावककै हातमा छ । अहिले घरमा बालबालिका मात्रै छैनन्, उनीहरूसँगै अधिकांश अभिभावक पनि घरमै छन् र अघिपछिको भन्दा उनीहरूसँग बालबालिकालाई दिन सक्ने केही थप समय पनि छ ।

यही समयलाई सदुपयोग गरी लकडाउन वा निषेधाज्ञामा परेका बालबालिकालाई अर्थपूर्ण, सिकाइमय र रमाइलो तरिकाले व्यस्त र कृयटिभ बनाउन सकिने केही तरिकाबारे रानाभाटले भिडियोमा चर्चा गरेकी छिन ।

टिप्सका लागि भिडियो हेर्नुस :

भिडियो हेरीसकेपछि प्रतिकृया दिन र सस्क्राइब गरिदिन समेत रानाभाटले अनुरोध गरेकी छिन् । https://www.youtube.com/channel/UCQ_EaZV-Y-huRXErfjjsodQ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार