गोरखा । लायन्स क्लब इन्टरनेस्नल डिस्ट्रिक ३२५ जेको दोस्रो क्याबिनेट बैठक असोज २८ र २९ गते हुने भएको छ । क्लबले मङ्गलबार पत्रकार सम्मेलन गदै बैठकको सम्पुर्ण तयारी पुरा भएको बताएको हो ।
लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा आरुघाट, लायन्स क्लब अफ गोरखा कालिका, लायन्स क्लबअफ गोरखा सिटी, लायन्स क्लब अफ गोरखा तारानगरको सयुंक्त आयोजना कार्यक्रम हुन लागेको हो ।
बैठकले गोरखाको प्रचारप्रसार र प्रर्बधनमा मद्त पुग्ने कार्यक्रम निर्देशक शितलकाजी मास्केले बताए । कार्यक्रमको तयारीका लागि १७ वटा बिभिन्न उपसमिति गठन गरीएको क्लबले जनाएको छ ।
उक्त सम्मेलनमा १५० जना क्याबिनेट पदाधिकारी र करिब ६ सय जना लायन्सका सदस्यहरु गरी ७५० जनाको सहभागीता रहने क्लब जनाएको छ । बैठकमा २८ लाख ११ हजार खर्च लाग्ने छ भने सहभागीता सुल्कबाट १२ लाख मात्र सङकलन हुनेछ । सहभागि बापत प्रति सदस्य १५ सय र क्याबिनेट पदाधिकारीहरुबाट २५ सय सुल्क लिएको क्लबले जनाएको छ ।
बाग्लुङ, काठमाण्डौं, पोखरा तनहुँ, नुवाकोट लगायतका क्षेत्रका करिब १०० वटा क्लबका लायन्सका पदाधिकारीहरुलाइ आमन्त्रण गरिएको छ । कार्यक्रमको अबधिभर लायन्स क्लबका सदस्यहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरिने बताइएको छ ।
गोरखा नगरपालिकाको नगरप्रमुख कृष्ण बहादुर रानाको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रंम हुने क्लबले जनाएको छ । डाइवेटिज उपचारका लागी गोरखालाई डाइवेटिज हवको रुपमा बिकास गर्नका लागी बैठकमा प्रस्ताव लगिने लायन्स क्लब अफ गोरखाले जनाएको छ ।
जिल्ला अस्पताल गोरखाको प्राबिधिक सहयोगमा प्राथमिक उपचार हेल्प डेस्क संचालन हुने समितिका सचिव लक्ष्मणबाबु आचार्यले बताए । सहभागीहरुको स्वागतको लागि पञ्चेबाजा र धिमे बाजाको ब्यबस्था गरिएको बताइएको छ । स्टेज निर्माण र खाना खाजा ब्यबस्थापनको लागी कार्य शुरु भईसकेको छ ।