काठमाडौं । ब्राजिलियन डिफेण्डर थियागो शिल्भा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेको एक साता नबित्दै प्रिमियर लिगको लण्डन क्लब चेल्सी पुगेका हुन ।
उनले लण्डन क्लब चेल्सी सँग एक बर्षका लागि सम्झौता गरेका हुन् ।लण्डन क्लब चेल्सीले फ्रि ट्रान्सफरमा शिल्भालाई क्लब भित्र्याएको हो । यस्तै सम्झौता अनुसार अर्को एक वर्ष सम्झौता थप्न पाउने विक्लपसमेत छ ।
च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट जर्मेन बायर्न म्युनिसँग पराजित भएपछि शिल्भाले औपचारिकरुपमा पेरिसियन क्लब छाडेका हुन् ।
शिल्भाको आगमनले चेल्सीको डिफेन्स लाइन सुधारिने अपेक्षा गरिएको छ । गत सिजन चेल्सीले ५४ गोल बेहोरेको थियो ।
सन् २०१२ मा इटालियन क्लब एसी मिलानबाट पेरिस पुगेका शिल्भाले त्यहाँ दुई सयभन्दा बढी खेल्दै खेल्दै फ्रेन्च लिग वान ७ पटक जिते । उनले ब्राजिलका लागिसमेत ८८ खेल खेलेका छन् ।