• मंगलबार, साउन १२ २०८३

दशैंअघि त्रिविका वार्षिक परिक्षा नहुने


शनिबार, भाद्र १३ २०७७
900
Shares

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने भएका छन् ।

कारोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएको भन्दै दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको हो। परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।

यसअघि लकडाउन खुलेसँगै गाडी चल्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ दोस्रो साता पछि सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । तर अब दशैंअघि परीक्षा गर्ने योजनाबाट त्रिवि पछि हटेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार