पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गण्डकी प्रदेशमा शनिबार एक जनाकाे मृत्यु भएकाे छ । गण्डकीकाे कास्कीमा शनिबार संक्रमणबाट एक जनाको मृत्यु भएको हाे ।
पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।