• आइतबार, साउन १० २०८३

गोरखामा थपिए दुई संक्रमित, थपिएका दुवै जना संक्रमणबाटै मृत्यु भएकाको परिवारका सदस्य


शनिबार, भाद्र १३ २०७७
745
Shares

गोरखा । शनिबार गोरखामा कोरोनाका दुई जना संक्रमित थपिएका छन् । थप भएका दुवै जना गोरखा नगरपालिका १३ देउराली घर भएकाहरु रहेको बताइएको छ ।

शनिबार संक्रमण देखिएकाहरु गोरखाबाट केहिदिन अघि उपचारका लागि भरतपुर पुगेका तर संक्रमणबाटै मृत्यु एक पुरुषको परिवारका सदस्यहरु रहेको गोरखा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले सिभिलखबरलाई बताए । संक्रमण देखिनेमा मृतककी ३२ बर्षिया बहिनी र ३६ बर्षिया श्रीमती रहेको उनले बताए ।

शुक्रबार कोरोनाबाट भरतपुरमा एक पुरुषको मृत्यु भएपछि अन्त्यष्टी गरी गोरखा फर्किएकी श्रीमती र बहिनीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनिहरुको चितवन स्थित भरतपुर अस्पतालमा पिसिआर परिक्षण गरिएको थियो ।

हाल उनिहरुलाई गोरखा १३ को देउरालीबाट गोरखा क्याम्पसको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।

गोरखाबाटै उपचारका लागि चितवन पुगेकी गर्भवती महिलामा समेत बिहिबार बेलुका कोरोना देखिएको थियो । उनको हिजो शुक्रबार मात्रै शल्यक्रिया गरी जुम्ल्याह बच्चा निकालिएको छ । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार