• आइतबार, साउन १० २०८३

शनिबार पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु


शनिबार, भाद्र १३ २०७७
635
Shares

ललितपुर — पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वस्थ्य कार्यालय ललितपुरका अनुसार शुक्रबार राति काठमाडौंकी एक जना र शनिबार बिहान भक्तपुरकी एक गरी दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीया महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै भदौ ८ गतेदेखि पाटन अस्पतालमा भर्ना भई उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान ६ बजेर ४० मिनेट जाँदा 20मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार