• आइतबार, साउन १० २०८३

कोरोनाबाट नेपालमा झण्डै ५० हजार जनाको मृत्यु हुन सक्ने अक्सफाेर्डकाे चेतावनी


शुक्रबार, भाद्र १२ २०७७
725
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ।

अक्सफाेर्ड विश्वविद्यालय, अक्सफाेर्ड नीति व्यवस्थापन लगायतले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २ सय जनाको मृत्यु हुन सक्ने अनुमान गरेको हो।

‘मोडलिङ अफ कोभिड-१९ स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये २५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको हो।

तर नेपालले अवलम्बन गर्ने रणनीतिमा यो कुरा भरपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ। नेपालले मध्यम किसिमको रणनीति अपनाएमा यसबाट हुने मृत्युकाे संख्यालाई ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै उच्च अवरोधक रणनीति अपनाएका खण्डमा मृतकको संख्यालाई अझ ३३ हजारमा पनि झार्न सकिने प्रतिवेदनमा बताइएको छ। अन्यथा याे वर्ष (सन् २०२०) काे अन्त्यसम्ममा नेपालमा काेराेनाबाट ४९ हजार २ सय जनाकाे ज्यान जान सक्ने प्रतिवेदनले चेतवानी दिएकाे छ। 

प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहाेस

https://www.gov.uk/dfid-research-outputs/modelling-of-covid-19-strategies-in-nepal

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार