• आइतबार, साउन १० २०८३

नेपालमा ७१ जना पत्रकारलाई कोरोना संक्रमण, हेर्नुस कहाँ कति ?


शुक्रबार, भाद्र १२ २०७७
920
Shares

काठमाडौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।

प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् ।

प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् ।

कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार