गोरखा । गोरखाकी एक कोरोना संक्रमित महिलाले जुम्ल्याह बच्चा जन्माएकी छिन ।
गत भदौ ८ गते सुत्केरी हुनका लागि गोरखाबाट चितवन गएकी महिलामा कोरोना देखिएको थियो ।
गोरखा नगरपालिका १० छेवेटारकी २९ बर्षिया महिलाको शुक्रबार भरतपुर अस्पतालमा शल्यक्रिया मार्फत जम्ल्याह बच्चा निकालिएको बताइएको छ ।
जन्मिएका दुवै छोरा रहेको र उनिहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।