• मंगलबार, साउन १२ २०८३

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
715
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ ।

यस्तै देशभर थप ९ सय २७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३ सय ३४ महिला र ५ सय ९३ जना पुरुष रहेका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ सय २७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा १ सय ६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार