काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना देखिएको हो।