पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार नेपालमा आजसम्ममा ३६ हजार ४ सय ५६ संक्रमित रहेको र संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।
आज १० हजार २ सय २९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। प्रवक्ता गौतमका अनुसार आजसम्मा नेपालमा ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ।