Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
काठमाडौँ — सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार एक जना सैनिक कर्मचारीमा कोरोना संक्रमण भएको हो । ती सैनिक कपाल काट्न जाँदा संक्रमण भएको उनले जानकारी दिए ।
ती कर्मचारीमा भाइरसको संक्रमण देखिएसँगै कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि कोभिड–१९ परीक्षण गरिएको छ ।